लुम्बिनीमा शपथ ग्रहण आज,अधिवेशन भोलि

लुम्बिनीमा शपथ ग्रहण आज,अधिवेशन भोलि

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेशको स्थायी राजधानी,राप्ती उपत्यकाको देउखुरीमा दिउँसो १ बजेदेखि शपथ ग्रहण कार्यक्रम हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । त्यस्तै, लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन भोलि हुने भएको छ । 

संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको नवनिर्मित भवन,राप्ती उपत्यका (देउखुरी) मा दिउँसो  १ बजेदेखि अधिवेशन बस्ने सचिव मगरले बताए ।

टिप्पणीहरू