सेक्युरिटी गार्ड सप्लायरलाई गृहमन्त्रीको सुरक्षा सल्लाहकार ?

सेक्युरिटी गार्ड सप्लायरलाई गृहमन्त्रीको सुरक्षा सल्लाहकार ?

टेलिभिजन र सामाजिक सञ्जालमा सुशासनका गफ गरेर राजनीतिक उचाई बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेसँगै क्रमश: वास्तविक स्वरुपमा आउन थालेको छ । आफ्नो नागरिकता विवाद अदालतमा विचाराधीन रहेकै बेला अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेर सिंहदरबार छिरेपछि शंकाको घेरमा परेको रास्वपाका अरु निर्णयहरु पनि विवादित छन् । 

निर्वाचनको केही महिनाअघि असोजमा गठित लामिछानेको पार्टीले अप्रत्यासित सफलता पाएपनि सरकारमा जाने जनमत भने होइन । तर,सो पार्टीले सरकारमा जाने निर्णय गर्यो । सडकमा छँदा सुशासनका पक्षमा चर्का नारा लगाएका लामिछानेसँग विकासे मन्त्रालय लिएर सरकारमा जाने विकल्प थियो । तर, गठबन्धनमा बार्गेनिङ्ग गरेर उनले सलामी खाने मन्त्रालय हात पारे । उपप्रधानसहित गृहमन्त्री बनेका उनका कतिपय निर्णय र नियुक्तिहरू प्रारम्भमै विवादमा परेका छन् । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले ती व्यक्तिलाई नियुक्त गरेको औपचारिक जानकारी छैन । तर, सामाजिक सञ्जालमा चिन्नेहरुले उनलाई 'गृहमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त भएकोमा बधाई' भनेर लेखिरहेका छन् ।

लामिछानेले आफू टेलिभिजनमा काम गर्दा राजनीतिक नेतृत्व र सरकारका मन्त्रीहरुमा विषय विज्ञता हुनुपर्ने कुरालाई जोडतोडका साथ उठाउने गर्थे । अन्य देशका उदाहरण दिएर नेपालमा पनि मन्त्रालयगत विज्ञताका आधारमा मन्त्री बनाइनुपर्ने उनीहरुको तर्क हुनेगर्थ्यो । तर,अहिले उनी आफैँ गृहमन्त्रीका लागि कति योग्य पात्र हुन् भन्ने प्रश्न त छँदैछ । साथै उनको सचिवालय गठनप्रति पनि धेरैले प्रश्न उठाएका छन् । 

'स्वार्थको द्वन्द्व' बाझिने गरी गृहमन्त्री बनेका लामिछानेले विषय विज्ञता नभएका र 'लो प्रोफाइल' का एक व्यक्तिलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको भन्दै अर्को विवाद चर्किएको छ । पार्टीमा कुनै सल्लाह नै नगरी एकजना म्यानपावर व्यवसायीलाई सुरक्षा सल्लाहकार राखेको भन्दै उनको पार्टीकै मान्छेहरु असन्तुष्ट देखिएका छन् । 

रास्वपाका एक नेताले बताएअनुसार लामिछानेले सुरक्षा सल्लाहकार राखेका व्यक्ति देवेन्द्र बजगाई औपचारिक पढाईसमेत नभएका व्यक्ति हुन् । सुरक्षा क्षेत्रमा कुनै भूमिका र योगदान नभएका ती व्यक्ति डिडी ओभरसिजका सन्चालक हुन् । उनी हाल अमेरिकामा रहेका छन् ।

उनको कम्पनीले देश तथा विदेशमा सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ । आफैं पनि विगतमा दुबईमा सेक्युरिटी गार्डमा काम गरेर फर्किएका उनी हाल मलेसिया, दुबईलगायतका मुलुकमा सेक्युरिटी गार्ड सप्लायर्सका रुपमा सक्रिय छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनकै कम्पनीले सेक्युरिटी गार्ड सप्लाई गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले ती व्यक्तिलाई नियुक्त गरेको औपचारिक जानकारी छैन । तर, सामाजिक सञ्जालमा चिन्नेहरुले उनलाई 'गृहमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त भएकोमा बधाई' भनेर लेखिरहेका छन् ।

 

टिप्पणीहरू