पूर्वमा एक साताभित्र सरकार गठन हुने

पूर्वमा एक साताभित्र सरकार गठन हुने

प्रदेश १ मा नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र मुख्यमन्त्री पदमा दाबी गर्न सूचना गरेपछि सरकार गठनको औपचारिक प्रक्रिया शुरु भएको हो । 

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्न एक साताको समय दिएका हुन् । प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । 

सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । केन्द्रीय गठबन्धनअनुसार त्यहाँ एमाले,माओवादी, राप्रपा र जसपा मिल्दा बहुमत जुट्ने अंकगणित छ ।

टिप्पणीहरू