निर्मला कुर्मीको पक्षमा आज पनि राजधानीको सडकमा धर्ना
बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा फेरि धर्ना दिइएको छ । महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले चार बुँदे माग राखेर चौथो दिनको धर्ना आज पनि जारि राखेको हो ।
चौथो दिनको धर्नाका क्रममा प्रर्दशनकारीहरुले, ‘जुन देशमा महिला राष्ट्रपति,त्यही देशमा महिलाको निर्मम दुर्गति !’, ‘खोई महिला बाँच्ने अधिकार !’, ‘सरकार खबरदार ! मानव अधिकार चाहियो सरकार !’ लगायत नाराबाजी गरेका थिए ।
उनीहरुले निर्मला हत्याको घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गर्नुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याउनुपर्ने र महिला आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेलगायत माग राखेका छन् ।
टिप्पणीहरू