एनसेलले घटायो भ्वाइस कलको शुल्क

एनसेलले घटायो भ्वाइस कलको शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रति मिनेट १.६२ रुपैयाँ कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयुगोको नयाँ महशुल दर आज आइतबार (पुस १७) देखि लागू भएको बताइएको छ।

यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा करबाहेक १.९९ रुपैयाँ शुल्क रहेको थियो ।

नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मीनेट मात्र २.०५ रुपैयाँमा कल गर्न सक्नेछन् । यसअघि यो शुल्क करसहित २.५२ रुपैयाँ रहेको थियो ।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ ।

टिप्पणीहरू