गृहमन्त्रीले सेनासहितको सुरक्षा समितिलाई अहिले निर्देशन दिने

गृहमन्त्रीले सेनासहितको सुरक्षा समितिलाई अहिले निर्देशन दिने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका सुरक्षा समितिलाई एकै पटक निर्देशन दिने भएका छन् । एकछिनपछि बिहान ९ बजे सबै जिल्ला सुरक्षा समितिलाई जुमबाट निर्देशन दिन लागिएको छ ।

‘बिहान ९ बजे गृहमन्त्रीले जिल्ला सुरक्षा समितिलाई बिफ्रिङ गर्ने कार्यक्रम छ,’ मन्त्रालय स्रोतले पुष्टि गर्यो । समितिमा नेपाली सेनाको समेत प्रतिनिधि रहने व्यवस्था छ । जिल्लास्थित सुरक्षा समितिमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख रहने गर्दछन् ।

गृहमन्त्री लामिछाने गत साता गृह मन्त्रालयको कार्यक्षेत्र नाघेर त्रिपुरेश्वरस्थित  परराष्ट्र मन्त्रालय राहदानी विभागको आकस्मिक निरीक्षणमा पुगेका थिए । सर्वसाधारणले दुःख पाएको विषयलाई सम्बोधन गर्ने नाममा उनले परराष्ट्र मन्त्रालयसँग समन्वय नगरी कार्यक्षेत्र उल्लंघन गरेको परराष्ट्रका अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू