७७ वटै जिल्लालाई गृहमन्त्रीको निर्देशनमा २० मीनेट ढिलाइ

७७ वटै जिल्लालाई गृहमन्त्रीको निर्देशनमा २० मीनेट ढिलाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारबाट ७७ वटै जिल्लाका सुरक्षा समितिलाई निर्देशन दिएका छन् । लामिछानेले सेनाका प्रतिनिधिसमेत रहेको समितिलाई मन्त्रालयबाटै अह्रन खटन गरेका हुन् ।

‘भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला प्रमुख  जिल्ला अधिकारीहरूको अध्यक्षतामा गठित समितिलाई निर्देशन दिनुभएको छ । ९ बजे भनिए पनि प्राविधिक कारणले सम्बोधन २० मीनेट ढिलो शुरु भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायतको उपस्थिति छ ।

टिप्पणीहरू