कर्णालीका मुख्यमन्त्री लुगा खोलेर श्रीमतीको टिकटकमा मस्त

कर्णालीका मुख्यमन्त्री लुगा खोलेर श्रीमतीको टिकटकमा मस्त

सार्वजनिक ओहोदामा बस्ने ब्यक्तिको बन्द कोठा बाहिर हुनुपर्ने ड्रेस कोड र मर्यादा के हो ? अरुलाई दिनुपर्ने शिक्षा के हो ? अनुशासन र आचारसंहिता के हो ? यी सबै कुरा आफ्नो ठाउँमा छ तर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बेलाबखत टिकटकमा मस्त भएको देखिन्छ ।

हिजो टोपी दिवसको उपलक्ष्यमा उनी श्रीमती वसन्ती शाहीको नाममा बनाइएको टिकटक एकाउण्टको भिडियोमा देखिएका छन् । श्रीमान र श्रीमती दुबैले निवासमा टोपी लगाएको भिडियो टिकटकमा सेयर गरेका छन् । मुख्यमन्त्रीले टोपी लगाए पनि शरीरमा भित्रीवस्त्र गञ्जी मात्र लगाएको देखिन्छ ।

टिकटकमा लेखिएको छ,‘हामीले पनि गरेम टोपीवाला इफेक्ट ।’ यसअघि पनि मुख्यमन्त्री श्रीमतीसँगै पटक पटक टिकटकमा देखिएका थिए ।

टिप्पणीहरू