यी हुन् एमाले प्रदेश संसदीय दलका नेता

यी हुन् एमाले प्रदेश संसदीय दलका नेता

एमालेले छ प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ । सत्ता गठबन्धनको आधारमा चार वटा प्रदेशको सरकार बनाउने योजनामा रहेको एमालेले छ वटा प्रदेशमा नेता छानेको छ । 

मधेश प्रदेशमा भने चयन हुन बाँकी छ । नेता छानिएका अन्य प्रदेशमध्ये १ नम्बरमा झापाका हिक्मतकुमार कार्की,बागमतीमा चितवनका जगन्नाथ थपलिया र गण्डकीमा कास्कीका खगराज अधिकारी छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा रुपन्देहीका लीला गिरी, कर्णालीमा सुर्खेतका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा कैलालीका राजेन्द्र रावल एमाले संसदीय दलको नेता चयन भएका हुन् । एमालेले प्रदेश नम्बर १, गण्डकी,लुम्बिनी र कर्णालीमा आफ्नो नेतृत्वमा सरकार गठनको योजना बनाएको छ । बाँकी तीन वटामा माओवादी र सत्ता गठबन्धनका अन्य दललाई छाड्ने सम्भावना  छ ।

टिप्पणीहरू