नयाँ प्रधानमन्त्रीको बैठक निर्वाचन आयोगसङ्ग

नयाँ प्रधानमन्त्रीको बैठक निर्वाचन आयोगसङ्ग

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच छलफल शुरु भएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुसँग प्रधानमन्त्री दाहालले बिहान साढे १० बजेदेखि आफ्नो कार्यालयमा भेटवार्ता गर्नुभएको हो ।

निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,मुख्यसचिव शंकरदास वैरागी,गृहसचिव विनोदप्रकाश सिंहको उपस्थिति छ । त्यसैगरी निर्वाचन आयोगका तर्फबाट प्रमुख आयुक्त थपलियासहित अन्य आयुक्तहरू पनि त्यहाँ रहनुभएको जानकारी दिइएको छ ।

टिप्पणीहरू