सरकारबारे बोल्न समाजवादीको पोलिटब्युरो बस्यो

सरकारबारे बोल्न समाजवादीको पोलिटब्युरो बस्यो

तत्कालीन पाँच दलीय गठबन्धन टुटेर माओवादी र एमाले मिलेपछि 'यता न उता' को अवस्थामा पुगेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न डाकिएको बैठक पार्टी मुख्यालय आलोकनगरमा शुरु भएको छ ।   

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको भूमिका र आगामी रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकले महत्वपूर्ण निर्णय लिने ती नेताले दावी गरे ।

टिप्पणीहरू