सरकारका सचिवहरुलाई प्रधानमन्त्री दाहालको बिशेष निर्देशन

सरकारका सचिवहरुलाई प्रधानमन्त्री दाहालको बिशेष निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल सरकारका सचिव र विभागीय प्रमुखहरुसंग सरकारी कामकाजका विषयमा छलफल थाल्नुभएको छ । सिंहदरबारस्थित कार्यालयमा उहाँले सचिव र विभागीय प्रमुखहरुको बैठक राखेर सरकारी कामकाज चुस्त र दुरुस्त राख्न निर्देशन दिन लाग्नुभएको हो । 

उहाँको अध्यक्षतामा भएको बैठकमा मुख्यसचिव शंकरदास वैरागी,गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्माको उपस्थिति छ । त्यस्तै,परराष्ट्रसचिव भरतराज पौड्याल,मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत अन्य मन्त्रालयका सचिव र विभागीय प्रमुखहरु पनि सहभागी छन् ।

टिप्पणीहरू