सरकारभन्दा पहिले बागमतीले सभामुख पाउने

सरकारभन्दा पहिले बागमतीले सभामुख पाउने

बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुख चयन हुने भएका छन् । आज बिहान हेटौंडामा बसेको सर्वदलीय बैठकले आगामी पुस २८ र २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । 

प्रदेश सभाको पहिलो अधिवेशन आज दिँउसो १ बजे बोलाइएको छ । अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको जनाइएको छ । निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ताको मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ । 

प्रदेशसभाको पहिलो बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् । त्यसैगरी निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन् । 

निर्वाचनबाट नयाँ संसद गठन भइसक्दा र सभामुख चयनको प्रक्रिया थालिँदा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान भने गरेका छैनन् ।

टिप्पणीहरू