प्रधानमन्त्री प्रचण्डको पत्र संसद सचिवालयमा

प्रधानमन्त्री प्रचण्डको पत्र संसद सचिवालयमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने तयारी गर्नुभएको छ । उहाँले आज संसद सचिवालयलाई पत्र लेखेर २६ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले आज २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा पत्र दर्ताको लागि पठाउनु भएको हो । 

प्रधानमन्त्रीको पत्र सचिवालयले दर्ता गरिसकेको छ ।

 

टिप्पणीहरू