सन्दीप लामिछानेलाई मानसिक समस्या !

सन्दीप लामिछानेलाई मानसिक समस्या !

उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई मनोविदको परामर्श दिन थालिएको छ । मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविदले परामर्श दिएको बताइएको छ ।

लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको स्रोतले बताएको छ । उनी मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन् ।

उनी उमेर नपुगेकी किशोरीलाई गौशालाको होटलमा रातभर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । क्रिकेट प्रतियोगिताको क्रममा विदेशमा छँदा उक्त आरोप लागेका उनी झण्डै एक महिनापछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार भएका थिए ।
 

टिप्पणीहरू