कुचो बोकेर राजमार्ग बढार्न पुगे मेयर
धरान स्थापना दिवस ‘धरान डे’ लाई स्वागत गर्दै सो क्षेत्रमा सरसफाई थालिएको छ । आज तिनकुनेदेखि भोटेपुलसम्म सरसफाई गरिएको बताइएको छ ।
धरान हुँदै गएको कोशी राजमार्गको आसपासका फोहोर उठाउने, सडक सफा पार्ने कार्यमा मेयर हर्क साम्पाङ, उपमेयर आईन्द्रविक्रम बेघाको उपस्थिति थियो ।
सेवक अभियान धरान, अन्य सामाजिक संघ संस्था, जनप्रतिनिधि, सर्वसाधारण, प्रहरी लगायतको सहभागितामा आज सरसफाई कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू