सुदूरपश्चिमले २८ गते सभामुख पाउने
सुदूरपश्मि प्रदेशसभामा सभामुख चयनका लागि आगामी पुस २८ गते निर्वाचन हुने भएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
नेपालको संविधान १८१ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४को नियमि ७ बमोजिम समामुखको निर्वाचनका लागि पुष २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो । आजको बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ सर्वसम्मतीले स्वीकृत गरेको छ ।
आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य शिवराज भट्ट, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दिर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवि विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामनासहित आफ्ना धारणा राखेका थिए ।
टिप्पणीहरू