भक्तपुरमा पर्यटक शुल्क : डलरमा पुरानै, नेपालीमा नयाँ
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको शुल्क अमेरिकी डलरको विनिमय दरसँग समायोजन गरेको छ ।
विश्व सम्पदासूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा हिजो नयाँ वर्षको पहिलो दिनदेखि डलर विनिमय शुल्क समायोजना गरिएको नगरका सूचना अधिकारी दामोदर सुवालले बताए ।
उनले भने, ‘नगरभित्र प्रवेश गर्ने विदेशी पर्यटक शुल्क अहिले पनि १५ डलर नै छ । तर अमेरिकी डलरको भाउ बढेकाले १५ सयबाट १९ सय ५० देखि २ हजारसम्म पुर्याइएको हो ।’
विदेशी पर्यटक शुल्क नबढाई डलरको विनिमय शुल्कसँग समायोजन मात्र गरिएको उनको भनाइ छ ।
टिप्पणीहरू