प्रधानमन्त्रीले भोलि पनि सचिवहरुको कुरा सुन्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि पनि सचिवहरुसँगको बैठक बोलाउनुभएको छ ।
आज पनि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले सचिवहरुसँगको बैठक राख्नुभएको थियो । बिहान ११ बजेबाट शुरु भएर साढे १ बजेसम्म चलेको बैठकमा दुई दर्जन सचिवले मन्त्रालयगत प्रस्तुति गरेको बताइएको छ ।
भोलि विभिन्न संवैधानिक निकाय र आयोगहरुका तर्फबाट सचिवहरुको प्रस्तुति हुने एक जना सचिवले जनआस्थालाई बताए । उनका अनुसार आजको बैठकमा मन्त्रालयगत प्रगति,समीक्षा र भावी योजनाका बिषयमा छलफल भएको थियो ।
तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा फर्किएपछि प्रचण्डले पहिलो पटक सबै सचिवहरूलाई छलफलका लागि डाकेर मन्त्रालयका समस्या, प्रगति र योजनाका विषयमा यथार्थ विवरण लिनुभएको हो । बैठक भोलि पनि जारी रहनेछ ।
टिप्पणीहरू