प्रचण्ड सरकारलाई मत दिएको भोलिपल्टै राप्रपा पृथ्वी जयन्ती मनाउने तयारीमा

प्रचण्ड सरकारलाई मत दिएको भोलिपल्टै राप्रपा पृथ्वी जयन्ती मनाउने तयारीमा

राजतन्त्र र हिन्दू राष्ट्रको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २७ गते पृथ्वी जयन्ती धुमधामसँग मनाउने भएको छ । राप्रपाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विशेष हर्षोल्लासका साथ मनाउने जानकारी दिएको छ । ‘देशभरि विविध कार्यक्रम आयोजना गरेर मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल कमिटी गठन गरिएको छ,’ राप्रपाका एक जना नेताले बताए । 

लिङ्देनको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी हुन उसले पुस २७ गते सार्वजनिक बिदाको माग गरेको छ ।

‘गणतन्त्रको मुख्य दावेदार माओवादी अध्यक्षको मुखबाट पुस २७ गते बिदाको घोषणा हुने आशा राखेका छौं । गत ११ गते प्रधानमन्त्रीको शपथग्रहण समारोहमा उहाँले लगाउनुभएको दौरा सुरुवालले पनि हाम्रा मागलाई पुष्टि गर्दै आएको छ,’ राप्रपाका उनै नेताले भने ।

टिप्पणीहरू