एकै दिन माओवादीका दुई नेता चयन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले हिजो एकै दिन दुई वटा प्रदेश सभामा संसदीय दलको नेता छानेको छ । लुम्बिनी प्रदेशसभा र गण्डकी प्रदेश सभामा माओवादीको संसदीय दलको नेता चयन भएका हुन् ।
लुम्बिनी प्रदेश सभा सदस्यहरुको बैठकले प्रदेशको संसदीय दलको नेतामा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित जोखबहादुर महरालाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी गण्डकी प्रदेशको संसदीय दलको बैठकले गण्डकी प्रदेशको संसदीय दलको नेतामा तनहुँ क्षेत्र नम्बर १ (२) बाट प्रत्यक्ष निर्वाचित हरिबहादुर चुमानलाई सर्वसम्मत नेता चयन गरेको छ ।
टिप्पणीहरू