गृहमन्त्रीलाई कुलमानको बधाई

गृहमन्त्रीलाई कुलमानको बधाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । 

केही महिनाअघि लामिछानेको नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टी गत निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिक गरेर २० सांसद सहित चौथो ठूलो पार्टी बनेको छ । पार्टी सभापति उनै लामिछाने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा छन् ।

टिप्पणीहरू