सरकारबारे छलफल गर्न नेकपा (एस) को पोलिटब्यूरो बैठक
सरकारमा जाने–नजाने भन्ने विषयलाई टुंग्याउन नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक बसेको छ । तत्कालीन पाँच दलीय गठबन्धन टुटेर माओवादी र एमाले मिलेपछि ‘यता न उता’ को अवस्थामा पुगेको एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक केन्द्रीय कार्यालय, आलोकनगरमा शुरु भएको हो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, पार्टी सुदृढीकरण, वाम एकता, संगठन विस्तारलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई, मुकुन्द न्यौपाने, प्रमेश हमालको प्रमुख उपस्थिति रहेको छ । त्यस्तै, महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री पनि सहभागी छन् ।
स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डे, बलराम बाँस्कोटा, मेटमणिा चौधरी, सावित्रा भुसाल, पोलिब्यूरो सदस्य रामचन्द्र झा, कृष्णप्रसाद खनाल, खगेन्द्र चुडाललगायत पाँच दर्जनले बैठकमा सहभागिता जनाएका छन् ।
टिप्पणीहरू