अदालतबाट जागिर थमौतीको आदेश पाएका जर्नेल सैनिक हिरासतमा

अदालतबाट जागिर थमौतीको आदेश पाएका जर्नेल सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । सेनापतिको आदेशमा उनलाई लाइन अरेस्ट गरिएको बताइएको छ । पदमा रहँदा भ्रष्टाचार र अधिकृतहरुमाथि अभद्र व्यवहार गरेको छुट्टै  उजुरी पारेर उनलाई जङ्गीअड्डामा वयानका लागि बोलाई आजै तत्काल नियन्त्रणमा लिइएको हो ।

उनलाई हिरासतमा लिइएको सैनिक प्रवक्ता कृष्ण भण्डारीले बताए  । उनीविरुद्ध पदमा छँदा भ्रष्टाचार,अभद्र व्यवहार गरेको लगायत विषयमा मुख्यालयमा उजुरी परेको कारण देखाउँदै नियन्त्रणमा लिएर सेनाले सोधपुछ थालेको हो । सेनाले नियमानुसार भोलिदेखि अवकाशको पत्र दिएका दुई तारे जर्नेल शाहीले सैनिक मुख्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि थप एक वर्ष जागिर थमौतीको मेसो मिलाएका थिए । 

उनी नागरिकता र शैक्षिक संस्थाको चारित्रिक प्रमाणपत्रमा उमेर फरक परेको भन्दै नागरिकताको आधारमा सेवा अवधि थप एक वर्ष बाँकी रहेको दाबीसहित सर्वोच्च पुगेका थिए ।

टिप्पणीहरू