छुटेका दुई सांसद्ले लिए शपथ

छुटेका दुई सांसद्ले लिए शपथ

नवनिर्वाचित सांसद प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयको सभाहलमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले शपथ ग्रहण गराएका हुन् । 

नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित आले पारिवारिक शोकका कारण शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । 

त्यस्तै,नेपाली कांग्रेसबाट निर्वाचित राई अस्पताल भर्ना भएकी थिइन् । 

प्रतिनिधि सभाका अन्य सदस्यले शपथ लिइसकेका छन् ।

टिप्पणीहरू