सर्वोच्चका वकिलहरू चुनावी चटारोमा

सर्वोच्चका वकिलहरू चुनावी चटारोमा

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आगामी पुस २३ गते निर्वाचन हुने भएको छ । त्यसका लागि आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको बताइएको छ । 

निर्वाचन समितिले आजै उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम समेत राखेको छ । रामशाहपथस्थित नेपाल बारको प्राङ्गणमा भएको कार्यक्रममा नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहित पदाधिकारीहरु, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायत उपस्थित भएका हुन् ।  

सर्वोच्च अदालत बारको ३४ औँ कार्यसमिति निर्वाचनको निम्ति आगामी शनिबार बिहान ८ बजे मतदान हुँदैछ । निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीले समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तरिकाले उम्मेदवारी दिएका छन् । जसअनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र तुलसी भट्ट प्रतिस्पर्धामा छन् । 

उपाध्यक्षमा अधिवक्ता जगदीशचन्द्र पाण्डे र वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेको उम्मेदवारी परेको छ । त्यस्तै, सचिवमा अधिवक्ता कल्याण पोखरेल र श्यामकुमार क्षेत्रीले उम्मेदवारी दिएका छन् । दुई वर्षको कार्यकाल रहने सर्वोच्च बारमा यसअघि २०७७ पुस २३ गते निर्वाचन भएको थियो ।

टिप्पणीहरू