सरकारबारे समाजवादीमा सकस, फर्केर फेरि सचिवालयमै
नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । स्थायी कमिटी हुँदै पोलिटब्यूरो तहसम्म भएको छलफलले निर्णय लिन नसकेपछि सरकारबारे निर्णय गर्ने जिम्मा सचिवालयले पाएको हो ।
हिजोदेखि दुई दिन चलेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले उक्त जानकारी दिएका हुन् । खतिवडाका अनुसार वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चाबन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा प्रतिबद्ध भएर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।
केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।
टिप्पणीहरू