स्वदेश फर्कने नेपालीलाई मोबाइल सेटको सुविधा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले घर फर्किंदा दुईवटा मोबाइल साथमा ल्याउने विषयलाई सरल र सहज बनाउन उक्त निर्देशन दिनुभएको छ । त्यसका लागि आवश्यक व्यवस्था गर्न विद्यमान नीतिमा कुनै कानुनी जटिलता भए फुकाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको हो ।
व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिने गरेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई यस्तो निर्देशन दिनुभएको हो ।
टिप्पणीहरू