अमेरिकी विमानको इञ्जिनमा च्यापिएर विमानस्थल कामदारको मृत्यु

अमेरिकी विमानको इञ्जिनमा च्यापिएर विमानस्थल कामदारको मृत्यु

अमेरिकाको अल्वामा राज्यको विमानस्थलमा निकै डरलाग्दो दुर्घटना भएको छ । विमानको इञ्जिनमा च्यापिएर विमानस्थलमा कार्यरत एक जना कामदारको ज्यान गएको छ । 

मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा दिँउसो ३ बजेको समयमा उक्त घटना भएको हो । अमेरिकी एयरलायन्सको उडान नम्बर ३४०८ को विमान अवतरणपछि ती कामदार इञ्जिनमा च्यापिएका हुन् । डलास शहरबाट आएको विमान पार्किङ्ग गर्ने क्रममा मोन्टगोमेरी विमानस्थलमा कार्यरत ग्राउण्ड ह्याण्डलिङ कर्मचारी विमानको इञ्जिनमा परेका थिए । 

दुर्घटनामा परेका अमेरिकी एयरलायन्सको क्षेत्रीय सहायक कम्पनी पिडमन्ट एयरलायन्सका कर्मचारीको नाम हालसम्म खुलाइएको छैन । 

संघीय उड्डयन प्रशासन र एनटीएसबीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू