प्रधानमन्त्रीलाई भेटेर एमाले अध्यक्ष फर्कनुभयो
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री र अध्यक्ष ओलीबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डेढ घण्टाबढी समय कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष ओली बालकोटबाट अपरान्ह ४ बजेको समयमा बालुवाटार पुग्नुभएको हो । उहाँहरुबीच साढे ५ बजेसम्म एक्लै भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहालले आगामी मंगलबार संसदमा विश्वासको मत लिने कार्यक्रम छ । एमाले, माओवादीलगायत सात राजनीतिक दलको सत्ता गठबन्धनले एमाले अध्यक्षलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक तोकेको छ ।
टिप्पणीहरू