नयाँ वर्षको स्वागतमा कोरियो हिउँमा खरायोको चित्र
चीनमा परम्परागत चिनियाँ नयाँ वर्षको स्वागतको तयारी थालिएको छ । जनवरी १ तारिखदेखि नयाँ वर्ष २०२३ शुरु भए पनि चीनमा परम्परागत नयाँ वर्ष आगामी जनवरी २२ का दिन शुरु हुँदैछ ।
प्रत्येक वर्ष एउटा प्राणीको संकेतमा मनाइने नयाँ वर्ष आगामी जनवरी २२ पछि खरायो वर्षको रुपमा मनाइन्छ । चालु वर्ष चीनको परम्परागत नयाँ वर्ष फेब्रुअरी १ तारिखका दिन शुरु भएको थियो । चिनियाँ मान्यताअनुसार आगामी जनवरी २१ का दिनसम्म बाघ वर्ष हो ।
आगामी खरायो नयाँ वर्षको लागि यसअघि खरायो वर्षमा जन्मेकाले आफ्नै ढंगले तयारी थालेका छन् । एक जना चिनियाँ किसानले उत्तरपूर्वी चीनमा हिउँमा खरायोको रंगीन आकृति बनाएका छन् । हैलोङच्याङ प्रान्तका ती किसानले आफ्नो घर नजिकैको पोखरीमा जमेको हिउँको थुप्रोमा खरायोको आकृति बनाएर आगामी परम्परागत वर्षको स्वागत गरेको बताएका छन् ।
स्रोत : सिन्ह्वा
टिप्पणीहरू