अख्तियार प्रवक्ता कन्चनपुरमा, सुदूरपश्चिमका मन्त्रीहरु काठमाडौंमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारी आज महेन्द्रनगर पुगेका छन् । उनी आज साँझ साँढे ६ बजे श्री एअरलाइन्सको उडानमा धनगढी हुँदै महेन्द्रनगर गएका हुन् ।
आजै साँझ सुदूरपश्चिम प्रदेशका केही मन्त्री र राजनीतिक दलका नेता धनगढीबाट काठमाडौं आएका छन् । उनीहरु साँझ पौने ७ बजे सोही एअरलाइन्सको उडानमा राजधानी आएको बताइएको छ ।
उक्त उडानमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री दीर्घ सोडारी,वनमन्त्री मानबहादुर धामी, सोही प्रदेश सरकारका मुख्य सचिव नारायण शर्मा दवाडी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता रामेश्वर चौधरी आज साँझ काठमाडौं आइपुगेको श्री एअरलाइन्स स्रोतले बताएको छ ।
टिप्पणीहरू