नारायणकाजी भेट्न भारतीय दूतावासको टोली सिंहदरबारमा
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । आज बिहान सिहंदरबार पुगेर उनले नवनियुक्त उपप्रधानमन्त्रीलाई भेटेका हुन् ।
डिसिएम प्रसन्न श्रीवास्तवलाई साथमा लिएर उपप्रधानमन्त्री भेट्न राजदूत श्रीवास्तव बिहान साढे १० बजेतिर मन्त्रालय छिरेका थिए । उनीहरुले झन्डै आधा घण्टा कुराकानी गरेको बताइएको छ । राजदूत श्रीवास्तव नेपालमा राजनीतिक भेटघाटमा सक्रिय रहने कूटनीतिज्ञमा पर्छन् ।
६ महिनाअघि राजदूत बनेर काठमाडौँ आएका उनले राजनीतिक दलका शीर्ष नेताहरुलाई लगातार भेट्ने गरेका छन् । तर, पछिल्लो समय नेपालमा आफू अनुकूल सरकार बनाउने प्रयास असफल भएपछि उनको सक्रियता केही घटेको थियो ।
तत्कालीन पाँच दलीय गठबन्धन कायम राखेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनलाई राजदूत श्रीवास्तवले प्राथमिकतामा राखेको बताइन्छ ।
टिप्पणीहरू