गृहमन्त्रालयमा व्यापारीको लाइन

गृहमन्त्रालयमा व्यापारीको लाइन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटघाट गर्न केही व्यापारी तथा व्यवसायी सिंहदरबार पुगेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा झण्डै एक दर्जन व्यापारी गृह मन्त्रालय गएका हुन् ।

आज बिहान सवा ११ बजे उनीहरु मन्त्रालयमा छिरेको गृह स्रोतले बताएको छ । उनीहरुले गृहमन्त्री लामिछानेलाई बधाई दिँदै भेटवार्ता गरेका हुन् । भेटघाट आधा घण्टासम्म भएको बताइन्छ । छलफलमा गृहसचिव विनोदप्रकाश सिंह,चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ,मोबाइल फोन व्यवसायी दिपक मल्होत्रासमेत सहभागी थिए ।

टिप्पणीहरू