दिउँसो मुद्दा हालेर बालेन साह, राति बिदेश

दिउँसो मुद्दा हालेर बालेन साह, राति बिदेश

काठमाडौं महानगरपालिकाका मेयर गए राति इण्डोनेसिया गएका छन् । उनी गए राति बाटिक एअरको उडानमा मलेसियाको राजधानी क्वालालम्पुर हुँदै त्यसतर्फ गएका हुन् । उनी पीए ००८११९६ नम्बरको राहदानीमा त्यसतर्फ गएका हुन् । मेयरको साथमा श्रीमती सविना काफ्ले पनि गएको बताइन्छ । सविनाले साधारण राहदानी ०८९२५३८७ प्रयोग गरेकी छन् ।

मेयर साहले हिजो दिउँसो समयमै निर्वाचन खर्चको विवरण नबुझाउने स्थानीय तहमा उठेका उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै रिट दायर गरेका थिए ।स्थानीय निर्वाचनमा भाग लिएकामध्ये खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना नतिरे छ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने आयोगको निर्णय कानुनविपरित रहेको मेयरको दाबी छ । 

कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था निर्वाचन आयोगले जबरजस्ती लागु गराउन खोजेको र यसबाट हजारौँ जनप्रतिनिधिहरु पीडित भएको उनको गम्भीर आरोप छ । तर,गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्रले तोकिएको ३० दिनभित्र आफ्नो चुनावी खर्च नबुझाएको भन्दै आयोगले सात लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

उक्त जरिवाना छ महिनाभित्र नबुझाए पद नै खारेज हुने भएकाले उनले यसअघि आयोगमा जरिवाना मिनाहाको माग गर्दै निवेदनसमेत दिएका थिए ।  निर्वाचन आयोगमा चुनावी खर्च विवरण नबुझाएका मेयरले सामाजिक सञ्जालमा भने खर्च विवरण सार्वजनिक गरेका छन् ।

यता सर्वोच्च अदालतको गत कात्तिक २२ गतेको आदेशले साहको हिजोको रिट निवेदन र मागदाबीलाई गलत साबित गर्ने देखिएको छ । राजकुमार बजगाईंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले कात्तिक २२ गते दिएको आदेशले साहको जस्तै मागदाबीलाई अस्वीकृत गरिदिएको छ ।

टिप्पणीहरू