बागी उठेका स्वतन्त्रलाई बालुवाटार बोलाएर क्षमादान
रोल्पाका स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । तत्कालीन सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरुद्ध सिजलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रोल्पाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै सिजलले माओवादीमै फर्किएको जानकारी गराएका छन् । आजै बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डको हातबाट खादा भिरेका छन् ।
गत मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई माओवादीले पार्टीको सबै जिम्मेवारीबाट निश्कासन गरेको थियो ।
टिप्पणीहरू