माधव र घनश्यामवीच पौने घण्टा बातचित

माधव र घनश्यामवीच पौने घण्टा बातचित

नेकपा एमालेका पूर्वउपमहासचिव तथा वामपन्थी नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान नेपाल निवास कोटेश्वरमा उहाँहरुले छलफल गर्नुभएको हो । 

अध्यक्ष नेपाललाई भेट्न बिहान सवा ११ बजे कोटेश्वर पुग्नुभएका नेता भुसाल पौने घण्टा कुराकानी गरेर बाहिरिनुभएको बताइएको छ । भुसाल तत्कालीन समयमा नेकपा एमालेको माधव नेपाल समूहका प्रभावशाली नेता मानिनुहुन्थ्यो । एमालेबाट बिद्रोह गरी माधवले एकीकृत समाजवादी गठन गर्दा १० बुँदे सहमति गरेर एमालेमै बस्नुभएका उहाँ मंसिरको निर्वाचनपछि स्वतन्त्र हुनुहुन्छ । 

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका भुसाललाई एमालेले चुनावमा टिकट नदिएपछि तत्कालीन पाँच दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा स्वतन्त्र उठ्नुभएको थियो। तर,चुनाव जित्नुभएन । 

चुनावपछि पनि उहाँ निरन्तर वाम एकताको पक्षमा सक्रिय हुनुहुन्छ ।

टिप्पणीहरू