राष्ट्रिय सभाका अध्यक्षको कुरो कसले सुन्ने ?
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी सरकार सञ्चालनमा मितव्ययिताको सिद्धान्त अपनाउन सुझाव दिनुभएको छ । उहाँले प्रदेश सभाका सांसदहरुको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त सुझाव दिनुभएको हो ।
हिजो आयोजित ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उहाँले सरकार सञ्चालनमा आर्थिक मितव्ययितालाई जोड दिन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘सानो मन्त्रिमण्डल बनाऔं । जनताका धेरै आकांक्षा पूरा गराउन मितव्ययितालाई ध्यान दिऔं । सरकार गठनमा सबैभन्दा ठूलो कुरो आर्थिक पक्षमा ध्यान दिऔं ।’
तर,संघीय सरकारमा सहभागी सात दलको गठबन्धनलाई संविधानतः तोकिएको २५ जनाको मन्त्रिमण्डल अपुग हुने देखिएपछि तीन वटा मन्त्रालय फुटाउने गृहकार्य भइरहेको समयमा अध्यक्ष तिमिल्सिनाको उक्त धारणा सार्वजनिक भएको हो ।
टिप्पणीहरू