जनताको साथ थियो, बाकसमा खसाल्न सकेनौँ : माधवकुमार
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल राष्ट्रिय पार्टी बन्न नसक्नुमा आन्तरिक कमजोरी मुख्य कारण रहेको बताउनुभएको छ ।
पार्टीनिकट युवा संघ नेपालले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना गराउन नसक्नु कमजोरी भएको बताउनुभयो ।
अध्यक्ष नेपालले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने भन्दै नेता, कार्यकर्तालाई सान्त्वना पनि दिनुभयो ।
‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ उहाँले भन्नुभयो, ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’
राष्ट्रिय पार्टी नहुँदा समाजवादीका सांसदहरु स्वतन्त्र हुने चर्चा चलिरहेका बेला अध्यक्ष नेपालले सांसदलाई दलीय ह्विप लाग्ने चेतावनी दिनुभयो ।
टिप्पणीहरू