काँग्रेस नेता बिमलेन्द्र निधि फेरि नयाँ दिल्ली प्रस्थान
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि भर्खरै नयाँ दिल्ली गएका छन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट दिउँसो साढे २ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गरेको बताइएको छ ।
गत आमनिर्वाचन अघि र पछि पटक पटक नयाँ दिल्ली धाएका उनले पुस पहिलो साता जनमत पार्टीका अध्यक्ष सीके राउतलाई बालुवाटार पुर्याएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटको चाँजापाँजो मिलाएका थिए । त्यसअघि अघिल्लो दिन बानेश्वरस्थित आफ्नो निवासमा राउत र भारतीय राजदूत नवीन श्रीवास्तवसँग छलफल गरेको समाचार र फोटो बाहिरिएको थियो ।
तत्कालीन सत्ता गठबन्धनलाई निरन्तरता दिँदै देउवालाई नै प्रधानमन्त्री र नेपाली काँग्रेसको तर्फबाट राष्ट्रपतिलगायत राजकीय पद दिलाउन उनले पटक पटक बालकोट र खुमलटारको कुरो बुझ्न भ्याएका थिए । उनले त्यतिबेला बालकोट र खुमलटार दुबै ठाउँमा आफूलाई प्रधानमन्त्री देउवाको विशेष दूतको रुपमा प्रस्तुत गरेका थिए ।
टिप्पणीहरू