काँग्रेसको बैठक पछि सर्दा शेखर-गगनको आकस्मिक भेला भोलि

काँग्रेसको बैठक पछि सर्दा शेखर-गगनको आकस्मिक भेला भोलि

नेपाली काँग्रेसको संस्थापन इतर समूहले भोलिलाई इमर्जेन्सी  भेला बोलाएको छ ।  डा.शेखर कोइराला र गगन खेमाले आज एक बिशेष सूचना जारी गर्दै भोलि दिउँसो १ बजेलाई छुट्टै भेला डाकेको हो । 

कोइराला समूहको भेला भोलि दिउँसो अनुपम फुडल्याण्ड, बत्तिसपुतलीमा राखिएको छ । बैठकले आगामी केन्द्रीय समितिमा प्रस्तुत हुने समूहको रणनीतिमाथि छलफल गर्ने बुझिएको छ । 

काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघि निर्धारित बैठक एक साता पछाडि धकेलिएको छ । २६ गते प्रचण्ड सरकारले बिश्वासको मत लिन लाग्दा पर्सि २२ गतेकालागि तय गरिएको काङ्ग्रेस बैठकको मिति पुस २८ गतेलाई सारिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८ गते अपरान्ह १ बजे कार्यसमितिको बैठक बस्ने निश्चित भएको जानकारी गराएका छन् । त्यसैगरी प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते डाकिएकाले आगामी शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको कार्यालय, सिंहदरबारमा काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

टिप्पणीहरू