सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा, उपेन्द्र पनि मिसिए
सात दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार विश्वासको मत लिने तयारी गरेसँगै सत्ता साझेदार दलका नेताहरु छलफलमा जुटेका हुन् । बाहिर बसेर सरकारलाई समर्थन गरेका गठबन्धनका दुई दल जसपा र राप्रपाका अध्यक्षसहितको बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहभागी छन् ।
शर्तसहित सरकारलाई समर्थन गरेर बाहिरै बसेका उपेन्द्र यसअघिका गठबन्धन बैठकमा गएका थिएनन् ।
टिप्पणीहरू