चन्द्रागिरिमा पनि खोला छेउका संरचना भत्काइने

चन्द्रागिरिमा पनि खोला छेउका संरचना भत्काइने

काठमाडौँको चन्द्रागिरि नगरपालिकाले करिडोर निर्माणका लागि खोला छेउमा बनाइएका स्थायी र अस्थायी सबै खालका संरचना हटाउन आग्रह गरेको छ । 

नगरपालिकाको १५ नम्बर वडा कार्यालयले खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोर मार्गका १० मीटरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन अनुरोध गरेको हो ।

वडाध्यक्ष घनश्याम लुइटेलले जारी गरेको सूचनामा १५ दिनभित्र आफूले निर्माण गरेका संरचना हटाई सहयोग गरिदिन भनेका छन् । उनले करिडोर निर्माणको बाँकी काम सम्पन्न गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

टिप्पणीहरू