भारतीय प्रधानमन्त्री र बेलायती राजावीच फोनवार्ता

भारतीय प्रधानमन्त्री र  बेलायती राजावीच फोनवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती राजा चार्ल्स तेस्रोबीच टेलिफोनमा कुराकानी भएको छ । बेलायती राजसिंहासनमा आसिन भएपछि यी दुईबीच हिजो अबेर पहिलो कुराकानी भएको बताइएको छ । 

कुराकानी जी २० लगायत धेरै वटा द्विपक्षीय विषयमा केन्द्रित रहेको भारतीय पक्षले जनाएको छ । जलवायु परिवर्तन, जैविक विविधता र संरक्षण तथा आर्थिक विषयमा राजा र प्रधानमन्त्री केन्द्रित थिए । 

त्यसैगरी बेलायती शासनताकाका राष्ट्रहरुको संस्था कमनवेल्थलाई अझ सुदृढ बनाउने र बेलायतमा रहेको भारतीय समुदायलाई दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन ‘जीवित पुल’ को रुपमा अघि बढाउने बारेमा पनि प्रसङ्ग छेडिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू