चिसोबाट जोगिन मनाङबासीलाई सरकारी आग्रह
हिमाली जिल्लामा चिसो अत्याधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मनाङले सुरक्षित रहन जिल्लाबासीलाई आग्रह गरेको छ ।
अन्य वर्षझैं हिमपात तथा जाडो शुरु भइसकेको उल्लेख गर्दै प्रशासनले चिसोबाट जोगिन र आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेको छ । चिसोका कारण दैनिक जीवनयापन कष्टकर बन्दै गएको प्रशासनले जनाएको छ ।
जाडोयाममा चिसोबाट जोगिनको लागि न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाट लामो समय बाहिर नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले बताइन् ।
त्यस्तै, रातको समयमा न्यायो कपडा, सिरक, कम्बलजस्ता कपडाहरु ओढ्न र बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको हेरचाहमा विशेष सतर्कता अपनाउन उनले सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेकी छन् ।
यता, हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर नछाड्न र गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दानाको व्यवस्था मिलाउन पनि प्रशासनले सुसूचित गराएको छ ।
टिप्पणीहरू