सडकका खाल्डा हेर्न उपप्रधानमन्त्री श्रेष्ठ सीतापाइलामा

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सडकका खाल्डा अनुगमनमा निस्किनुभएको छ । सडक मर्मत सम्भार र व्यवस्थित गर्न दुई दिनअघि आफूले दिएको निर्देशन कार्यान्वयन भए/नभएको हेर्न मन्त्री नारायणकाजी श्रेष्ठसहितको सरकारी टोलि अनुगमनमा खटिएको हो । 

मन्त्रालयका सचिव र सडक विभागका डिजीलाई लिएर उपप्रधानमन्त्री श्रेष्ठ आज दिउँसो काठमाडौंको सीतापाइला क्षेत्रमा निरीक्षण गर्न पुग्नुभएको थियो । सो क्रममा उहाँले सडकका खाल्डा पुरेको प्रगतिबारे जानकारी लिनुका साथै कामलाई तीव्र पार्न पनि निर्देशन दिनुभएको बताइएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले कार्यभार सम्हालेलगत्तै उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशैभरीको १ महिनाभित्र पूरिसक्न सडक विभागलाई निर्देशन दिनुभएको थियो । त्यसको कडाईपूर्वक कार्यान्वयन गराउन उहाँ आज फिल्ड भिजिटमा गएको उहाँको सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू