बाहिरै बसेर प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसको निर्णय छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन जनाउन आग्रह गर्नुभएको थियो ।
टिप्पणीहरू