कलाकारहरुको महाधिवेशन आगामी चैतमा

कलाकारहरुको महाधिवेशन आगामी चैतमा

नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी चैत ४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । 

त्यस्तै, संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिएकाले बैठकले महाधिवेशनकै मितिमा नयाँ कार्यसमितिको निर्वाचन गर्ने तय गरेको छ । 

‘बैठकले संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि समाप्त भएकाले १९ औं अधिवेशनका साथै सोही मितिमा संघको विधानअनुसार निर्वाचन गर्ने निर्णय पनि गरेको छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै, सदस्यहरुलाई फागुन ४ गतेसम्म सदस्यता नवीकरण गर्न अनुरोधसमेत गरिएको छ ।
 

टिप्पणीहरू