‘भाइरल’ रसिदबारे भन्सार कार्यालयको प्रष्टोक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सामाजिक सञ्जालमा भाइरल भएको रसिदबारे पारेको छ ।
कार्यालयले उक्त रसिद ‘डिपोजिट स्लिप’ मात्र भएको जानकारी दिएको छ । भन्सारद्वारा जारी विज्ञप्तिमा विदेशबाट आउने यात्रुहरुको चेकजाँच गर्दा कानुनबमोजिम सुविधामा तोकिएको परिमाणभन्दा बढी मात्रामा मालवस्तु ल्याएमा सुरक्षित राख्ने प्रयोजनका लागि जम्मा भएको निस्साअनुसार ‘डिपोजिट स्लिप’ जारी गर्ने गरिएको बताएको छ ।
‘विदेशबाट आउने यात्रुहरुको चेकजाँच गर्दा कानुनबमोजिम सुविधामा तोकिएको परिमाणभन्दा बढी मात्रामा मालवस्तु ल्याएमा सुरक्षित राख्ने प्रयोजनको लागि जम्मा निस्सा जारी गर्ने गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी जारी गरिने निस्साबाट सम्बन्धित यात्रुले तत्काल वा तोकिएको अवधिभित्र आफू अनुकूलको समयमा मालवस्तु छुटाई लैजान चाहेमा कार्यालयले भन्सार प्रज्ञापन पत्र तयार गरिदिने र तोकिएको बैंकमा राजस्व जम्मा गरेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरिएको छ ।’
साथै, कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको रसिद यात्रु अवश्वेशकुमार चौरसियाले साथमा ल्याएका दुई थान मोबाइल सुरक्षित राख्ने प्रयोजनको निम्ति दिइएको निस्सा भएको स्पष्ट पारेको छ ।
योसँगै कार्यालयले राजस्व बुझाएको बैंकको रसिदसमेत सार्वजनिक गरेको छ । कार्यालयले सामाजिक सञ्जालमा सम्प्रेषण हुने आंशिक, अधुरो तथा कार्यालयको आधिकारिक भनाइ नसमेटी राखिने विषयवस्तुको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
टिप्पणीहरू