प्रधानमन्त्री भेट्न पत्रकारका नेताको बालुवाटारमा भीड

प्रधानमन्त्री भेट्न पत्रकारका नेताको बालुवाटारमा भीड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल पत्रकार महासंघको टोली बालुवाटार पुगेको छ । आज दिउँसो महासंघका अध्यक्ष विपुल पोखरल नेतृत्वको टोली प्रधानमन्त्रीलाई भेटेर बधाइ दिन बालुवाटार गएको हो । 

प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनि महासंघक अध्यक्ष पोखरेलले बधाइ दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा अध्यक्ष पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति तथा कानुन बनाउन र सोअनुसार व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्डले मुलूकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताउनुभयो । प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरुको हितप्रति सम्वेदनशील रहेको बताउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धतासमेत जनाउनुभएको बताइएको छ ।

प्रधानमन्त्री भेट्न महासंघका केन्द्रीय अध्यक्षसहित सल्लाहकार, केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु पुगेका थिए ।

टिप्पणीहरू